पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री शुभेक्षा खड्काले बिहे गरेकी छन्। उनले सोमबार प्रेमी आश्वासन जोशीसँग लगनगाँठो कसेकी हुन्।
वैवाहिक समारोहमा परिवारसहित आफन्त र पूर्वमिस नेपालहरूको समेत उपस्थिति थियो। विवाहपछि शुभेक्षाले सामाजिक सञ्जालमा सेयर गरेकी छन्। ‘हरेक कुरा जसलाई हामीले सपनाको रुपमा सजाएका थियौं,’ उनले इन्स्टाग्राममा लेखेकी छन्।
आश्वासन अमेरिकामा बसोबास गर्दै आएका छन्। बिहेको तस्बिरमा शुभेक्षा निकै सुन्दर देखिएकी छन्। शुभेच्छाले रणवीर, प्रेमा लगायतका फिल्ममा अभिनय गरिसकेकी छन्।
255
Shares

प्रतिक्रिया