कला


अन्तरिक्षमा खिचिएको फिल्मसँगै निफमा रसियन फिल्म डेजको उद्घाटन

अन्तरिक्षमा खिचिएको फिल्मसँगै निफमा रसियन फिल्म डेजको उद्घाटन

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १४:५९, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘रसियन फिल्म डेज’को उद्घाटन गरिएको छ। 

शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा नेपालका लागि रुसका मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन रक्साएब र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको हो। 

रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रक्साएब शुभकामना मन्तव्य दिँदै समाजमा चलचित्रको प्रभाव विशेष रहने र फरक चलिचत्र उद्योगका व्यक्तिबीच पनि सद्भाव कायम राख्न जोड दिए। यसका लागि रसियन फिल्म डेजले निरन्तर प्रयास गर्दै आएको उनको भनाइ थियो। 

नेपाल र रूसको मित्रता भएको ७०औँ वर्षको अवसर पारेर निफसँग रसियन फिल्म डेजले गरेको सहकार्यले विशेष अर्थ राख्ने ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले बताए। 

कार्यक्रमकी सभाध्यक्ष अनास्थासिया खक्खलोभाले निफ र रसियन हाउसको सहकार्यमा भइरहेको चलचित्र महोत्सवको तथा रसियन हाउसमै निफ अन्तर्गत भइरहेको एआई फिल्म वर्कसपमा सहभागी हुन सम्पूर्णमा आग्रह गरिन्। त्यस्तै, निफका अध्यक्ष केपी पाठकले निफ र रसियन फिल्म डेजको सहकार्यले दुई देशको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

फिल्म ‘अगस्ट’ प्रदर्शन गरी कार्यक्रम सुरु गरिएको छ। ऐतिहासिक र थ्रिलर जनरामा बनेको फिल्म ‘अगस्ट’ दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारित छ। इल्या लेबेदेव र निकिता वैसोत्स्कीले फिल्म निर्देशन गरेका हुन्।

रसियन फिल्म डेज अन्तर्गत ‘द च्यालेन्ज’, ‘द डिनो प्यामिली’ र ‘अल रङ गर्ल’ पनि प्रदर्शन हुनेछन्। यी फिल्म रसियन हाउसमा निशुल्क हेर्न पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad