र्यापर भिटेनले आफ्नो संगीतलाई राजनीतिक कार्यक्रममा नबजाउन आग्रह गरेका छन्। उनले इन्स्टाग्राम स्टोरीमार्फत यस्तो कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका हुन्।
छाडा र अश्लिल शब्द समेटिएको स्टोरीमा उनले आफ्ना गीतलाई राजनीतिक एजेन्डामा प्रयोग नगर्न क्रोधपूर्ण आग्रह गरेका हुन्। प्रयोग गरिएका गीतलाई पनि तत्काल हटाउन उनको माग छ।
‘मेरो साउण्डलाई राजनीतिमा नराख। मेरो गीत तिमीहरूजस्तो होइन। सबै डिलेट गर। नत्र राम्रो हुँदैन,’ उनले भनेका छन्।
हालैको चुनावी प्रचार वा राजनीतिक घटनाक्रममा आफ्ना गीत प्रयोग गरिएपछि भिटेन क्रोधित बनेका हुन्। तर, उनका गीत कुन राजनीतिक दलको पक्षमा प्रयोग गरियो भन्ने कुरा उनले खुलाएका छैनन्।
1.4k
Shares

प्रतिक्रिया