रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर २’ ले बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। यस फिल्मले बक्स अफिसमा सुनामी ल्याउँदै प्रदर्शनको ७ दिनमै एक हजार करोड क्लबमा प्रवेश गरेको छ।
योसँगै ‘धुरन्धर २’ ले सबैभन्दा छिटो १ हजार करोड कमाउने ‘पुष्पा २’ को कीर्तिमानसँग बराबरी गरेको छ। आदित्य धर निर्देशित यस फिल्मले विश्वभर एक हप्तामा कुल १००६.५० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। ‘पुष्पा २’ ले भने एकसातामा १०११.६५ करोड भारु कमाएको थियो। अघिल्लो भागलाई यो आँकडा छुन २२ दिन लागेको थियो।
घरेलु बक्सअफिसमा भने फिल्मले व्यापार नेट ६२३.४२ करोड भारु पुगेको छ। यो विश्वव्यापी रूपमा सबैभन्दा बढी कमाउने १० औँ भारतीय फिल्म बनेको छ।
‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।
गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। पहिलो भागले विश्वभर १३०७ करोड भारु कमाएको थियो।
Shares

प्रतिक्रिया