कला


सलिना बिकेको स्वरमा आयो ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’

सलिना बिकेको स्वरमा आयो ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’

नेपालखबर
पुस २९, २०८२ मंगलबार १३:१७, काठमाडौँ

फिल्म ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ। निर्माण टिमले ‘मौरी पिक्चर्स’मार्फत ‘कुन हावाले’ बोलको गीतको गीत ल्याएको हो। 

सितुस्मा अधिकारीको शब्द रहेको फिल्ममा एसडी योगीको संगीत र सलिना बिकेको स्वर सुन्न सकिन्छ। 

सपना साकार हुन नपाउँदै भत्किएको संसार गीतमा सुन्न सकिन्छ। मर्मस्पर्शी गीतमा वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा समेटेको गीतमा सपना भताभुंगा हुँदाको पीडा र छटपटीलाई समेटेको छ। 

गीतको भिडिओमा आयुशमान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठको अभिनय छ। वियोगान्त गीतले चलचित्रको कथा संकेत गरेको छ। यो फिल्म साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको हो। 

यस फिल्ममा बेनिशा, अर्पण, आयुशमान, सृष्टिसहित महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । बलिराम चौहानको निर्देशन रहेको यो फिल्म माघ १६ गते रिलिज हुँदैछ। 

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad