साइन्स फिक्सन जनरामा बनेको नेपाली फिल्म ‘एक्लो-१’ को व्यापार कमजोर देखिएको छ।
पुस १७ गतेदेखि प्रदर्शन भएको यस फिल्मले ४३ लाख २५ हजार ४९४ रूपैयाँ ग्रस कमाइ गरेको छ।
चलचित्र विकास बोर्डले सोमबार बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ। जुन रिपोर्टअनुसार १० दिनमा फिल्मले ५० लाखको आकंडा पनि पार गर्न सकेन। यो अवधिमा फिल्मको १३ हजार ११ वटा टिकट बिक्री भएका छन्।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्म डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर गरिसकेको छ।
यस फिल्ममा प्रदीप खडका,विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी लगायतको अभिनय छ। साथै बेलायती अभिनेता जेमी बेकनको समेत महत्त्वपूर्ण भूमिका छ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
Shares

प्रतिक्रिया