बलिउड फिल्म निर्माता करण जोहरले आफ्नो फिटनेसको रहस्य बताएका छन्।
अप्रिल १७ तारिख इन्स्टाग्राम लाइभ सेसनमा करणले आफ्नो तौल घट्नुका पछाडि सन्तुलित जीवनशैली, भोजन र व्यायाम रहेको बताए।
उनले भनेका छन्, 'यो तब सुरु भयो जब मैले महसुस गरेँ कि मेरो रगतको स्तर सच्याउन आवश्यक छ।'
करणका अनुसार अतिरिक्त किलो घटाउन उनले कडा आहार नियम पालना गरे। दिनमा एकपटक मात्र खाना खाने गरे। अनि प्याडल बल र पौडी खेले।
गत वर्ष एक जनाले करण जोहरले तौल घटाउन ओजेम्पिक प्रयोग गरिरहेको दाबी गरेका थिए। तर करणले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसलाई गलत भनेका छन्।
करणका साथै फिल्म निर्माता साजिद नाडियाडवाला र साउथ अभिनेता जुनियर एनटीआर पनि आफ्नो लुक्सका कारण चर्चामा छन्। दुवै जना पहिलेभन्दा धेरै पातला देखिँदै छन्, त्यसपछि अनुमान गरिएको छ कि उनीहरूले ओजेम्पिक लिइरहेका छन्।
Shares

प्रतिक्रिया