दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म फिल्म ‘हरिबहादुरको जुत्ता’ ले रिलिज मिति तोकिएको छ। यो फिल्म आगामी वर्षको दसैंको फूलपातीमा रिलिज हुनेछ।
सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त गर्दै शंखुबाट फिल्मको छायांकन भइरहेको छ। छायांकनमै छँदा फिल्मको डेट तय गरिएको हो। ४५ दिनसम्म काभ्रे र काठमाडौँका विभिन्न स्थानमा सुटिङ गरिनेछ।
फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खड्का, किरण केसी, मुरलीधरलगायतको अभिनय छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा रहेका छन्।
सामाजिक र हाँस्य कथा वस्तुमा बन्न लागेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित छ। फिल्ममा हरिवंश आचार्यको कन्सेप्ट तथा कथा रहेको छ।
Shares

प्रतिक्रिया