बहुप्रतिक्षित फिल्म ‘लाज शरणम्’को प्रमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ। आनन्द अधिकारीको शब्द रहेको गीतमा शान्तीश्री परियार र आशिष अविरलको स्वर छ।
कृष्ण भारध्वजले संगीत गरेको गीतमा एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम समेटिएको छ। प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना बुझने गीतको शब्द र भिडियोले बुझाउँछ।
गीतको भिडिओमा माला लिम्बू, गजित विष्टसँगै चलचित्रका अधिकांश मुख्य कलाकारको अभिनय छ। गेष्ट अपिरियन्सको रुपमा गजित छ। तराई मधेसमा लाग्ने हाट बजारको सेटअपमा भिडियो खिचिएको छ। ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन्।
यो फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ। यस चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।
चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ। यो फिल्म फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ।
Shares

प्रतिक्रिया