बलिउड अभिनेता सैफ अली खान मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
छुरा प्रहार भएको पाँच दिनपछि सैफ मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार अभिनेत्रीसमेत रहेकी उनकी पत्नी करिना कपुर उनलाई लिन अस्पताल पुगेकी थिइन्।
बिहीबार बिहान एक व्यक्तिले बान्द्रामा रहेको सैफ अली खानको घरमा प्रवेश गरी उनलाई धेरैपटक छुरा प्रहार गरेका थिए।
गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो।
आक्रमणमा सैफ अली खानलाई ६ ठाउँमा चोट लागेका थिए। जसमध्ये मेरुदण्ड र घाँटीका चोट गहिरा थिए।
डाक्टरहरूले भनेका छन्, ‘सैफ अली खानको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कुको टुक्रा निकालियो।’
आक्रमणमा संलग्न आरोपमा मुम्बई प्रहरीले प्रहरीले ठाणेबाट मोहम्मद शरिफुल इस्लाम शहजाद नामका ३० वर्षीय व्यक्तिलाई यसअघि नै पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार उनी चोरीको उद्देश्यले सैफको घरमा प्रवेश गरेका थिए।
Shares

प्रतिक्रिया