भारतीय गायक सोनु निगम यतिखेर नेपालमा छन्। आज साँझ हायात रिजेन्सी होटल ग्राउन्डमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ मा उनी गुञ्जिनेछन्।
आफ्नो प्रस्तुति दिनको लागि सोनु बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं पुगेका थिए।
उनलाई विमानस्थलमा खादामालासहित नेपाली टोपी लगाएर स्वागत गरिएको छ। जहाँ उनले मिडियासँगको कुराकानीमा नेपाल आउँदा इनर्जी मिल्ने बताए।
‘अहिले मेरो निकै व्यस्त समय चलिरहेको छ। म हिजो पनि निकै व्यस्त थिएँ। भारतमा केही कार्यक्रममा व्यस्त भएकाले नेपालको कार्यक्रम के गर्ने भन्ने पनि भयो। तर, नेपाल आउँदा र नेपालीहरूलाई भेट्दा मलाई छुट्टै इनर्जी प्राप्त हुन्छ,’उनले भने।
निगमले आफू कन्सर्ट गर्न निकै उत्साहित रहेको बताए। तर, उनले नेपाली गीत गाउने वा नगाउने विषयमा केही बोलेनन्। त्यसको लागि स्टेजमा नै आएर सुन्न पर्ने बताए।
बेलुका ६ बजेदेखि हुने कन्सर्टमा १० हजारभन्दा बढी दर्शकको उपस्थित हुने आयोजकको अपेक्षा छ। नेपाल टचको आयोजनामा हुन लागेको कन्सर्टमा निगमसहितको २५ सदस्यीय ब्यान्डले ३ घण्टा प्रस्तुति दिनेछ।
Shares

प्रतिक्रिया