कला


विपिन र स्वस्तिमा उत्कृष्ट अभिनेता/अभिनेत्री, निर्देशकमा निश्चल

विपिन र स्वस्तिमा उत्कृष्ट अभिनेता/अभिनेत्री, निर्देशकमा निश्चल

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १७:४९, काठमाडौँ

वि.सं २०८० सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको छ। बुधबार शितल निवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा पुरस्कार वितरण गरे।

समारोहमा फिल्म ‘बुलाकी’ लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ। त्यसैगरि, ‘प्रसाद २’ बाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा स्वस्तिमा खड्काले ‘दिमाग खराब’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन्।

त्यस्तै, ‘दिमाग खराब’ बाटै निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे।

‘बुलाकी’ बाट राजबहादुर सानेले उत्कृष्ट पटकथा लेखन तथा संवादको अवार्ड जित्दा ‘बुलाकी’बाटै शिव ढकाल सर्वश्रेष्ठ छायाकारको रुपमा पुरस्कृत भए। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले सर्वश्रेष्ठ व्यावसायिक सफल फिल्मको अवार्ड प्राप्त गरेको छ।

यसअघि २०७५ मा पनि स्वस्तिमाले `बुलबुल´ र विपिनले `प्रसाद´ बाट उत्कृष्ट अभिनेता/अभिनेत्रीको अवार्ड जितेका थिए।

राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु
उत्कृष्ट चलचित्र: बुलाकी
उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार:
अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र- जारी (वि.सं. २०८०)

विशेष योगदान सम्म्मान:
त्यैयव शाह - कलाकार
कृष्ण प्रसाद रायमाझी - प्रदर्शक
नारायण प्रधान - द्वन्द्व निर्देशक
विद्या कार्की - कलाकार
नरेन्द्र महर्जन - प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव - कलाकार/निर्माता
भोज बहादुर गुरुङ - निर्देशक /निर्माता
अमुल कार्की ढली - संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ - प्रदर्शक
बुद्धि तामांग - कलाकार
सबिता गुरुङ - कलाकार

विशेष चलचित्र पुरस्कार
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मान:
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र 'आमा'की अभिनेत्री)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad