कला


विपिन र मिरुनाको फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने

विपिन र मिरुनाको फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने

नेपालखबर
मंसिर १०, २०८१ सोमबार २१:१७, काठमाडौँ

विपिन कार्की र मिरुना मगरको मुख्य फिल्म ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। 

सोमबार सार्वजनिक गरिएको पोस्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ।

साथै, पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोकेका छन् भने मन्द मुस्कानमा रहेकी मिरूनालाई राखिएको छ। ’ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ।

पोस्टर सार्वजनिकसँगै यस चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ। यो चलचित्र २०८२ सालको वैशाख २६ गते रिलिज हुने जनाइएको छ।

यस फिल्ममा विपिन र मिरुनासहित सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय  छ।

नवीन चौहानले निर्देशन गरेको ऊनको स्वीटरु आर्टमाण्डू प्रालिले निर्माण गरेको पहिलो फिचर चलचित्र हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता कमाएको थियो। ‘घुमी घुमी,’ ‘देखेर तिमीलाई तीनपाते,’ ‘फूलथुङ्गे रानी,’ ‘चन्द्रमा’ जस्ता साङ्गीतिक चलचित्रहरूका निर्देशक समेत रहेका चौहानको यो नै पहिलो फिचर चलचित्र हो।

चलचित्रलाई निर्देशक चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् । चलचित्रको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ ।

यसअघि यस चलचित्रको ओएसटी गीत ‘फूल’ बहु चर्चित भइसकेको छ। चलचित्रका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले तयार गरेका छन्।

चलचित्रमा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन्। गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बिकको स्वर रहेको छ। कोरियोग्राफी रोशन बिक र डिप गुरुङले गरेका छन्। चलचित्रको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन्।

चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन्। कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन्।

यस चलचित्रको वितरण काफिया फिल्म्स प्रा।लि। र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad