कला


होचा कलाकार मनोज बिकको सहयोगार्थ ‘सेल्फी किङ्ग’ प्रदर्शनी हुने

होचा कलाकार मनोज बिकको सहयोगार्थ ‘सेल्फी किङ्ग’ प्रदर्शनी हुने

नेपालखबर
माघ २१, २०७६ मंगलबार ११:३२,

विश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ।

नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार अर्थात यही २५ गते फिल्मको बिषेश शो आयोजना गर्न लागेको हो। बोनम्यारो रोगबाट केही समयदेखि पीडित मनोजको अहिले उपचार भइरहेको छ। पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ।

‘बिश्वका होचा कलाकारको छबि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले फिल्मको बिषेश शो गर्न लागिएको हो।’ विशेष शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन्। फिल्मको बिषेश शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ।

शो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे राखिएको छ। उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत उपस्थिति रहने अध्यक्ष शाहीले जानकारी दिए।

विशाल सापकोटा निर्देशित फिल्ममा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ। फिल्ममा विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन्।

फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ। यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad