अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ‘बी प्लस’ ल्याएकी छिन्।
बिहीबार सार्वजनिक नतिजामा करिष्माले ३ जीपीए नम्बरसहित एसईई पास गरेकी हुन्। कक्षा ८ देखि मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएकी उनले कक्षा १० पनि सोही विद्यालयमा पढेकी थिइन्।
उनले डिल्लीबजारस्थित विजय स्मारक मावि (परीक्षा केन्द्र)बाट एसईई परीक्षा दिएकी थिइन्। करिष्माको नतिजालाई लिएर धेरैको चासो थियो।
परीक्षाकै तयारीका लागि भनेर करिष्मा १ महिना रातदिन पढाईमा नै केन्द्रित थिइन्।
याे पनि पढ्नुहाेस्:
एसईई दिएकी करिश्मा भन्छिन्ः ग्रेड भन्न सक्दिनँ, पास त हुन्छु (अन्तर्वार्ता)
प्रतिक्रिया