ad ad

कला


मधुले क्यामेरापछाडि खुब राम्रो अभिनय गर्छिन्ः राजेश हमाल

मधुले क्यामेरापछाडि खुब राम्रो अभिनय गर्छिन्ः राजेश हमाल

नेपालखबर
असार १२, २०७६ बिहिबार ११:३९,

दुई महिनाअघि महानायक राजेश हमालले श्रीमती मधु भट्टराईसँग स्क्रिन सेयर गरे। ‘जिन्दगी’ बोलको म्युजिक भिडियोमा दुवै निकै रोमान्टिक देखिए।

श्रीमतीसँग पहिलोपटक म्युजिक भिडियोमा देखिएका राजेश र मधुको जोडी निकै जमेको देखियो। त्यसपछि धेरैले यो जोडीलाई फिल्म खेल्न पनि सुझाव दिए।

अहिले हमाल नयाँ फिल्मको तयारीमा छन्। उनको फिल्म लेखन, निर्माण तथा निर्देशनका विषयमा तयारी गरिसकेका छन्।

के अब उनको फिल्ममा श्रीमती मधु पनि कुनै भूमिकामा देखिदैछिन् त? या उनलाई हमालको जोडीको रुपमा फिल्ममा देख्न सकिन्छ? हमालसँग नेपालखबरले यी दुई प्रश्नको जवाफ माग्यो।
उनले मधु क्यामेरामा त्यति अभिनय गर्न जान्ने कलाकार नभएको प्रतिक्रिया दिए। भने, ‘बिहेअघि पनि उनले धरानमा एउटा म्युजिक भिडियोमा अभिनय गरेकी रहिछन्। पछि पनि मसँग अभिनय गरिन्। तर, उनी पोख्त कलाकार होइनन्।’

हमालले उनले क्यामरा पछाडि भने खुब अभिनय गर्ने बताए। श्रीमतीको अभिनयलाई लिएर हमाल भन्छन्, ‘उनी क्यामेरा पछाडि (घरमा) निकै राम्रो अभिनय गर्छिन्। बरु म गर्न सक्दिनँ।’

साथै, हमालले मधु फिल्म खेल्ने नखेल्ने कुरा भविष्यमा थाहा हुने बताए। उनको भनाई मधुले फिल्म खेल्ने सम्भावना कम रहेकोतर्फ इंकित थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .