ad ad

कला


बलिउडको प्रतिष्ठित आइफा अवार्ड काठमाडौंमा हुने

बलिउडको प्रतिष्ठित आइफा अवार्ड काठमाडौंमा हुने

नेपालखबर
असार १२, २०७६ बिहिबार ११:२६,

बलिउड कलाकार सहभागी हुने भारतको प्रतिष्ठित ‘इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९’ नेपालमा हुने भएको छ। ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई ध्यानमा राख्दै सरकारले (आइफा) अवार्ड काठमाडौंमा गर्ने निर्णय गरेको हो।

असार ३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।

उनले भने, ‘काठमाडौं महानगरपालिका सहआयोजक रहनेगरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा आइफा अवार्ड नेपालमा गर्ने प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेको छ।’

यसअघि यो अवार्ड वितरण कार्यक्रम युरोप, अमेरिका, क्यानडा र दुबईमा हुँदै आएको थियो। यो वर्ष नेपालमा हुने कार्यक्रममा उद्योग वाणिज्य महासंघ र सिएनआईको सहयोग रहनेछ।

६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कार्यक्रममा ५० भन्दा भारतीय कलाकारको उपस्थिति रहनेछ।

सरकारले कार्यक्रमका लागि एउटा कमिटीसमेत बनाएको छ। जसको संयोजकमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा छन्।

काठमाडौं महानगरपालिकाका मेयर, पर्यटन, गृह, अर्थ, सञ्चार, परराष्ट्र, भौतिक मन्त्रालयमका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष, भ्रमण वर्ष २०२० का संयोजक, उद्योग वाणिज्य महासंघका अध्यक्ष, चलचित्र विकास बोर्डका अध्यक्ष, उद्योग परिसंघको अध्यक्ष, चेम्बर अफ कर्मसका अध्यक्ष, नेपाल पर्यटन बोर्डका सिइओ र होटल संघका नेपालका अध्यक्ष कमिटीमा रहने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .