कला


अविनाशले ल्याए मौलिक पहिचान झल्काउने ‘छोटेलुदी सुसारे गाउँ’ (भिडियो)

अविनाशले ल्याए मौलिक पहिचान झल्काउने ‘छोटेलुदी सुसारे गाउँ’ (भिडियो)

नेपालखबर
पुस २२, २०७६ मंगलबार ८:१७,

अविनाश थापा मगर र मुना थापा मगरले ‘छोटेलुदी सुसारे गाउँ’ बोलको गीत भिडियोसहित सार्वजनिक गरेका छन्। गायिका अन्जना गुरुङ र गायक गणेश गुरुङको स्वर रहेको गीत अविनाशले युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

गीतमा अविनाश र गणेशको शब्द/संगीत रहेको छ भने भिडियो निर्देशन दिप गुरुङले गरेका छन्। म्युजिक भिडियोको दृश्यांकन मधुर बस्नेत तथा सुजन शाहीको सम्पादन रहेको छ। सिनेम्याटिक प्रविधिमा भिडियो निर्माण भएको छ।

geet 1

यसै गीतमार्फत गीतकार अविनाश थापा मगरले आफू जन्मेको गाउँलाई केही हदसम्म भए पनि विश्वसामु चिनाउने प्रयास गरेका छन् । गोरखा सदरमुकामदेखि करिब ३ किमि मात्रै टाढा भए पनि नेपालकै प्रथम सहिद लखन थापा मगरको नाउँबाट चिनिएको र उनकै नामबाट राखिएको सहिद लखन गाउँपालिकाभित्र पर्ने सानो गाउँलाई चिनाउने प्रयास उनले गरेका छन् ।

झट्ट हेर्दा कुनै चित्रकारले कोरेको गाउँजस्तो देखिने सुसारे गाउँमा थोरै बस्ती छ । गोरखा कालिकाको पुजारी भएकै कारण सुसारे गाउँ नाम रहन गए पनि बस्तीको नाम भने छोटेलुदी हो ।

गीतमार्फत अविनाशले गोरखाको मौलिक संस्कृति, रहनसहन, पर्यटकीय स्थल, मनकामना, गोरखा मन्दिर, पहिलो सहिद लखन थापाको गाउँ काहुले भंगा र वरपरका आमडाँडा, कट्टेल डाँडा, मकैपूर गाउँका रमणीय दृश्य भिडियोमा समेटिएको छ । त्यस्तै, १ सयभन्दा बढी घरहरु रहेको मस्किछाप गाउँ जहाँ मगरबस्ती मात्रै छ, त्यहाँको आफ्नो संस्कृति सोरठी नृत्यलाई समेत संवद्र्धन गर्ने गरी संगीत क्षेत्रबाट योगदान गर्दै आएका छन् । सोरठी नाच यो गीतमा पनि समेटिएको छ ।

geet 2

मौलिक भाव झल्किने, भाषा, भेषभुषा र विशेषगरी मगर संस्कृतिका अंग मानिने सोरठी, चुड्का, झ्याउरे नाचहरुको संरक्षणमा योगदान दिने गरी सोही प्रकारका गीतहरु अविनाशले दर्शक र श्रोतामाझ ल्याउने गरेका छन् ।

स्थानीयको भनाइअनुसार धेरै समयअघि घले मगरले राज गरेको भएर यहाँको नाम घले डाँडा रहन गएको घले डाँडा वनलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियोमा बाह्रबीसे र गरौँजा गाउँलाई देख्न सकिन्छ भने लुदी खोलामा मंसिरमा धान झुल्दा यहाँको दृश्य मनमोहक देख्न पाइन्छ । सांगीतिक दुनियाँमा मनोज थापा मगर उदाउँदा अनुहार हुन् । उनले लिलामे माहिला नामक नाटकमा समेत अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा मनोज थापामगर, सचिन थापामगर, सगुन थापा मगर, रामकुमार थापामगर, लिला थापामगर, कन्चना थापामगर, सुपर्ना थापामगर, नम्सरा थापामगर, गेसरा थापामगरले अभिनय गरेका छन्।

भिडियाेः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad