ad ad

कला


राईले नाम र सपुतले दाम पाउने सहमतिपछि ‘गलबन्दी’ विवाद टुंगियाे

राईले नाम र सपुतले दाम पाउने सहमतिपछि ‘गलबन्दी’ विवाद टुंगियाे

नेपालखबर
असार ११, २०७६ बुधबार १०:१३,

गायक शम्भु राई र प्रकाश सपुतबीच केही समयदेखि चर्किएको ‘गलबन्दी’ गीतको विवाद टुंगिएको छ।

राईले २०४८ सालमा आफूले गाएको ‘देउसी भैलाे’ गीतको लय ‘गलबन्दी’सँग मिलेको भन्दै नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा मुद्धा दर्ता गरेका थिए। प्रतिष्ठानले दुवैलाई मिल्नका लागि ३ दिनको समय दिएको थियो।

सो समयमा राई र सपुतबीच सहमति भएपछि अब यो विषय यही टुंगिएको छ। गायक राईले नेपालखबरलाई दिएको जानकारीअनुसार गीतमा ‘क्रियशन शम्भु राई’ र ‘रि–क्रियशन’ प्रकाश सपुत राख्नेगरी सहमति भएको हो।

गीतको आर्थिक पाटो भने सपुतकै स्वामित्वमा रहनेछ। विवादबारे राईले भने, ‘हामी दुवैबाट गल्ती भएको होइन, केही प्राविधिक कुरा नमिलेको मात्र हो। अहिले हामी सहमतिमा आइसकेका हौँ। आउने सन्ततिले पनि हामीबाट सिकेर अघि बढ्न आग्रह गर्छु।’

यस्ताे छ सहमति:

prakash rai

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .