ad ad

कला


शाहरुख खानले किन गरे आसामका मुख्यमन्त्रीलाई राति २ बजे फोन?

शाहरुख खानले किन गरे आसामका मुख्यमन्त्रीलाई राति २ बजे फोन?

नेपालखबर
माघ ८, २०७९ आइतबार १३:४९, काठमाडौँ

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’ को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन्।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्विटरमार्फत आफूलाई अभिनेता खानले आफूलाई राति २ बजे फोन गरेको जानकारी दिएका छन्। 

शर्माले ट्विटरमा लेखेका छन्, ‘बलिउड अभिनेता श्री शाहरुख खानले मलाई फोन गरेका थिए र आज बिहान २ बजे हामीबीच कुराकानी भयो।

उनले गुवाहाटीमा फिल्मको स्क्रिनिङका क्रममा भएको घटनाप्रति चिन्ता व्यक्त गरे। मैले उनलाई आश्वासन दिएको छु– शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी राज्य सरकारको हो, हामी त्यसलाई हेरेर यस्तो अप्रिय घटना नदोहोरियोस् भनेर सुनिश्चित गर्नेछौं।’

गुवाहाटीमा पत्रकारहरूले बजरंग दलका कार्यकर्ताहरूले फिल्मको हिंसात्मक विरोध गरिरहेको विषयमा प्रश्न सोध्दा शर्माले भनेका थिए, ‘शाहरुख खान को हुन्? मलाई उनको वा उनको फिल्म पठानको बारेमा केही थाहा छैन।’

शुक्रबार गुवाहाटीमा बजरंग दलका कार्यकर्ताले फिल्म ‘पठान’को विरोधमा चलचित्र प्रदर्शन हुन लागेको नारंगी थिएटरमा तोडफोड गरेका थिए। कार्यकर्ताले फिल्मको पोस्टर च्यातेर जलाएका थिए।

मुख्यमन्त्री हिमन्त विश्व शर्माले यसअघि भनेका थिए, ‘बलिउडका धेरैले समस्याका बारेमा बोलाए पनि खानले मलाई फोन गरेनन्। यदि उन (शाहरुख खान) ले बोलाए भने म यो कुरा हेर्छु। यदि कानुन र व्यवस्था उल्लंघन भएको छ भने मुद्दा दर्ता गरी कारबाही गरिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .