ad ad

कला


टाइगर र दिशा पटानीको तीनवर्षे प्रेम सम्बन्धमा पूर्णविराम!

टाइगर र दिशा पटानीको तीनवर्षे प्रेम सम्बन्धमा पूर्णविराम!

नेपालखबर
असार १०, २०७६ मंगलबार ५:२,

 बलिउडका लभर जोडी टाइगर श्राफ र दिशा पटानीबीच ब्रेकअप भएको छ।

पछिल्लो समय निकै चर्चामा रहेको यो जोडी औपचारिक रुपममै सम्बन्ध टुंग्याउने निर्णयमा पुगेको हो।

भारतीय एक अनलाइनले उनीहरु सम्बन्ध थप अगाडि नबढाउने निष्कर्षमा पुगेको समाचार प्रकाशन गरेको छ। 'दुबै अब एक साथ नरहने निष्कर्षमा पुगेका छन्। दुबैले यो मिलिजुली नै फैसला गरेका हुन्। उनीहरुबीच अब प्रेम नभएर मित्रताको सम्बन्ध रहनेछ’, समचारमा भनिएको छ।

पछिल्लो तीन वर्षदेखि डेट गरिरहेका यो जोडी कयौँ पार्टीहरुमा एकसाथ समेत देखिएका थिए। टाइगरका पिता ज्याकी श्राफले उनीहरुको सम्बन्धमा सहमति समेत जनाएका थिए। पछिल्लो समय उनीहरुले विवाह गर्न लागेको चर्चा समेत बलिउडमा चल्ने गरेको थियो।

केही समय लिभिङ टुगेदरमा रहेका टाइगर र दिशाको सम्बन्ध पछिल्लो समय अलि उतारचढावपूर्ण थियो। उतारचढावपूर्ण सम्बन्धलाई अगाडि बढाउन भन्दा आफ्नोआफ्नो बाटो लाग्नु उत्तम हुने निर्णयमा पुगेपछि तीन वर्षे प्रेम सम्बन्धमा पूर्णविराम लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .