ad ad

कला


राष्ट्रिय कविता महोत्सवमा हेम प्रभासको कविता प्रथम

राष्ट्रिय कविता महोत्सवमा हेम प्रभासको कविता प्रथम

नेपालखबर
असार ९, २०७६ सोमबार १२:३२,

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका राष्ट्रिय कविता महोत्सवमा हेम प्रभासको ‘प्रदेश गएका पतिको नाममा’ शीर्षकको कविताले प्रथम स्थान प्रप्त गरेको छ।

सोमबार प्रतिष्ठानको ६२ औँ स्थापना दिवसका अवसरका आयोजित ‘राष्ट्रिय कविता महोत्सव २०७६’ मा धादिङका प्रभासको सो कविताले प्रथम स्थान प्राप्त गरेको हो। प्रतियोगितामा डोटीका सुवासचन्द्र भण्डारी द्वितीय, लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौँका प्रकाश बस्नेत ‘गफाडी'ले तृतीय स्थान प्राप्त गरे।

भण्डारीको ‘किनारका अलिखित संवेगहरु’, द्वितीय र अधिकारीको ‘पाठशाला’, शर्माको ‘उज्यालोको गीत’, बस्नेतको ‘इन्द्रधनुष’ शीर्षकको कविताले तृतीय स्थान प्राप्त गरेको प्रज्ञाका सदस्यसचिव जगतप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

prayaza

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .