गहकिलो ढंगको राजनीतिक भाषण गर्ने छबि बनाएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले सोमबार राजधानीमा कविता बाचन गरेर साहित्यतर्फको रुची अनि सक्रियता देखाएका छन्।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औ बार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहमा उनले जीवन र मृत्युका बारेमा लेखिएको कविता बाचन गरेका हुन्।
साहित्यतर्फ रुची नभएपनि साहित्यकारहरुका अगाडि उनीहरुको श्रृजना सुनेर मनै पोखिने गरेको मीठो अनुभुति सुनाउदै उनले आफ्नो रचना बाचन गरे। कवितामा मान्छेले जीवनमा गर्नुपरेका त्याग, रंगिनपलहरु, दुख र पीडा अनि क्रोध लगायतका विषयहरु समेटिएका थिए।
कार्यक्रममा उपप्रधानमन्त्रीसँगै साहित्यका अशेष मल्ल लगायतका कवि कवयत्रिहरुले आ आफ्ना रचना बाचन गरेका थिए।
प्रतिक्रिया