ad ad

कला


राहुल गान्धीलाई राजनीति छाड्न रणवीरकाे सुझाव

राहुल गान्धीलाई राजनीति छाड्न रणवीरकाे सुझाव

नेपालखबर
असार ८, २०७६ आइतबार १२:४३,

 योग दिवसको अवसरमा भारतभर फिटनेश मन्त्रको भिडियो भाइरल भइरहेको थियो।

यसैबीच कंग्रेस अध्यक्ष राहुल गान्धीले पनि एउटा तस्बिर पोस्ट गरे। जुन हेर्दा हेर्दै भाइरल बन्यो।

उनले आर्मीका सहयोगी कुकुरले योग गरिरहेको तस्बिर सेयर गरेर लेखे, ‘नयाँ भारत।’

उनको यो ट्विटमाथि धेरैले ट्रोल बनाए। उनको ट्विटमाथि बलिउड अभिनेता रणवीर शौरी पनि भड्किए।

उनले राहुललाई जवाफ फर्काउँदै लेखे, ‘जबसम्म तपाईंको परिवारले राजनीति छाड्दैन तबसम्म नयाँ भारत बन्दैन।’

रक्षामन्त्री तथा बीजेपी नेता राजनाथ सिंहले पनि उनलाई जवाफ दिएका छन्।

उनी लेख्छन्, ‘राहुल गान्धीजी पुरै सम्मानका साथ भनिरहेको छु, यी भारतीय आर्मीका सम्मानित सदस्य हुन् र हाम्रो देशको सुरक्षामा आफ्नो योगदान दिन्छन्। अब कोही पटक–पटक हाम्रो सेनाको अपमान गर्छ भने भगवान समक्ष उसलाई सुबुद्धि मिलोस् भन्ने प्राथना गर्न सकिन्छ।’

याे पनि।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .