ad ad

कला


‘वर एण्ड वधु’ काे छायांकन चार देशमा हुने

‘वर एण्ड वधु’ काे छायांकन चार देशमा हुने

नेपालखबर
जेठ १२, २०७९ बिहिबार ११:२९, काठमाडौँ

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘वर एण्ड वधु’को भव्य घोषणा भएको छ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र ३ सातापछि फ्लोरमा जाने छ। चलचित्रमा रोमानिया, इटाली, फ्रान्स र नेपालका दृष्य समावेश हुने छन्। 

‘वर एण्ड वधु’मा अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यले शीर्ष भूमिका निर्वाह गर्नेछन्। यो जोडीका साथमा विजय लामा, रमेश बुढाथोकी, रवीन्द्र खड्का, बुद्धि तामाङ, किरण केसी, हिमेश पन्त, शृष्टी खड्का, राजकुमार शाह, रविना केसी, मनोज केसी, ध्रुव दत्त, सन्तोष खनाल लगायतका कलाकार पनि चलचित्रमा देखिनेछन्।

चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको छ । सुदीप बरालको छायांकन रहने चलचित्रमा कविराज गहतराज र सुसी वाइवाको कोरियोग्राफी, हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन रहनेछ।

थुप्रै चलचित्रमा अभिनय गरिसकेकी आँचलले ‘वर एण्ड वधु’को औपचारिक घोषणापछि बल्ल आफूलाई नायिका जस्तो महसुस भएको बताएकी छिन्। उनले चलचित्रको भूमिका सतप्रतिसत निर्वाह गर्ने पनि उनले बताएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .