ad ad

कला


अन्तर्दृष्टिः दृष्टिविहीनको एउटा संसार

अन्तर्दृष्टिः दृष्टिविहीनको एउटा संसार

नेपालखबर
असार ८, २०७६ आइतबार ७:१९,

 डा. कमल लामिछानेको पुस्तक अन्तर्दृष्टि लोकार्पण भएको छ । काठमाडौंस्थित ब्रिटिश काउन्सिलमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवम् शिक्षाविद् केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनीषा गौचन र लेखक लामिछानेले संयुक्तरुपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा शिक्षाविद् माथेमाले पुस्तकमा गाउँघर, किसान, सहर, विकासलाई सूक्ष्म दृष्टिबाट प्रस्तुत गरिएको बताए । साथै दृष्टिविहीन व्यक्ति, उनीहरुलाई समाज एवम् परिवारले हेर्ने दृष्टिकोण आदिलाई सूक्ष्म रुपमा खुलाइएको उनको भनाइ छ । उनले भने, ‘कुनै पनि देशको विकासका लागि नियमकानुन, त्यसको परिपालना आदिले महत्त्वपूर्ण भूमिका खेल्ने र त्यसो भए मात्र समृद्धितर्फ अघि बढ्न सकिने कुरा पुस्तकमा उल्लेख छ ।’

 आख्यानकार न्यौपानेले दृष्टिविहीहरु जीवनभर ध्यानमा रहने गरेको र लामिछानेले पनि यो पुस्तक त्यही ध्यानसाधनाबाट लेखेको बताए । ‘प्रत्येक मानिसभित्र एउटा संसार हुन्छ र त्यो संसार दृष्टिविहीनहरुको अझ ठूलो हुन्छ’ उनले भने, ‘यो पुस्तक कहीँकतैबाट पनि दृष्टिविहीनले लेखेको भन्ने लाग्दैन ।’

आख्यानकार गौचनले पुस्तकमा लेखकको इमानदारी प्रस्ट देखिने बताइन् । १२ वर्षसम्म विद्यालय नपुगेको लामिछानेले आफ्नो संघर्षबाट हासिल गरेको उपलब्धिलाई नेपालीहरुकै गौरवको विषय रहेको रहेको उनको भनाइ छ ।

पुस्तकका लेखक लामिछानेले अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने हेयपूर्ण दृष्टिकै कारण आफू पुस्तक लेखेर केही व्यक्तिको मात्र भए पनि सोचाई परिवर्तन गर्न सकियो भने पनि त्यो आफ्नो जीवनकै एउटा सफलता हुने ठानेर पुस्तक लेखेको बताए ।

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४ सय ९८ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .