गायिका अञ्जु पन्तको स्वरमा ‘गीत तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ।
पुरुषोत्तम न्यौपानेको सँगीत रहेको गीत रिकेश गुरुंङले एरेन्ज गरेका हुन्। यस्तै गीतको भिडियोमा नायक आयान बज्राचार्य र मोडल रिचा थापाको अभिनय रहेको छ। सञ्चारकर्मी सविन प्रियासनको शब्द रहेको प्रियासन एल्वमको उक्त गीत गोदाबरीमा छायांकन गरिएको हो।
प्रिन्सपन कार्कीको निर्देशनमा तयार भएको उक्त भिडियो उत्सब दाहालले खिचेका छन् हुने भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन्। भिडियोको मेकिङ चलचित्रको शैलीमा छ। उत्कृष्ट लोकेशन र मेकिङले गर्दा दर्शकले भिडियोबाट पनि थप मनोरञ्जन लिन सक्नेमा रचनाकार प्रियासन आशावादी छन्।
‘इतिहास’, ‘कालापानी’ लगायतका चलचित्रमा अभिनय गरिसकेका नायक आयान पुनः अभिनयमा जम्ने सोँच सहित फर्किएका छन्। नायक आयनले अभिनय गरेका अन्य गीतहरु पनि केही समयमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ।
लामो समय देखि अभिनयमा क्रियाशिल रिचाको पनि हालसम्म दर्जनौ म्यूजिक भिडियो आइसकेका छन् भने उनले अभिनय गरेको लभ्यु हमेसा चलचित्र पनि पर्दशनको तयारीमा छ।
प्रतिक्रिया