ad ad

कला


मेरो डेढ करोड क्षति भएको छ, बर्जु महोत्सव आयोजकले तिर्नुपर्छ : कलाकार खेसरीलाल (भिडिओ)

मेरो डेढ करोड क्षति भएको छ, बर्जु महोत्सव आयोजकले तिर्नुपर्छ : कलाकार खेसरीलाल (भिडिओ)

नेपालखबर
माघ ५, २०७८ बुधबार ११:३१, काठमाडौँ

सुनसरीमा आयोजित बर्जु महोत्सवमा भएको तोडफोडबाट आफ्नो कम्तीमा डेढ करोड रुपैयाँ बराबरको नोक्सान भएको र त्यसको क्षतिपूर्ति आयोजकले तिर्नुपर्ने माग भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले गरेका छन्। 

कलाकार यादव मंगलबार बर्जुमा आयोजित महोत्सवमा भारत पटनाबाट आउने कार्यतालिका थियो। तर कोरोना संक्रमण बढेको भन्दै  प्रशासनले उनलाई विराटनगरमै रोक्यो। 

यसै क्रममा यता महोत्सव स्थलमा भने आफूहरूसँग टिकटबापत पैसा असुलेर पनि आयोजकले कलाकार नल्याएको भन्दै आक्रोशित दर्शकले स्टेज तोडफोड गर्दै चारवटा स्कोरपियो गाडीमा आगो लगाए। ​

प्रशासनको आदेश अटेर गर्दा बर्जु महोत्सवमा तोडफोड

बुर्जु महोत्सव गत पुस २२ गतेदेखि जारी थियो। तर कोरोना संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको थियो। तर आयोजकले अटेर गरी महोत्सव जारी राखेको थियो। सोही क्रममा उसले भोजपुरी कलाकार खेसरीलाल यादवलाई मंगलबार झिकाउने कार्यक्रम बनाएको थियो। तर उनलाई प्रशासनले विराटनगरमै रोकेपछि आक्रोशित भीडले तोडफोड र आगजनी गरेको हो। 

यसमा आयोजक नै दोषी रहेको बताउँदै कलाकार यादवले भएको क्षति आयोजकले नै तिर्नुपर्ने दाबी गरेका हुन्। 

‘प्रशासनले दुईदिनअघि नै रोक लगाएपछि महोत्सव रोक्नुपर्ने थियो। तर आयोजकले टिकट बिक्री गर्‍यो, तर मलाई यसबारे जानकारी थिएन’, कलाकार यादवले मंगलबार राति विराटनगरस्थित होटल एसियाटेक पत्रकारसँग भनेका छन्,  ‘मलाई पनि गुमराहमा राखियो।’

यसमा आफ्नो, प्रशासन र सर्वसाधारणको कुनै कमजोरी नरहेको, आयोजक नै दोषी रहेको आरोप लगाए।

तोडफोड र आगजनीबाट चारवटा स्कार्पियो, संगीतका सबै साधन ध्वस्त भएको र कम्तीमा डेढ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी कलाकार यादवले गरेका छन्। यसमा अरू कसैको दोष नभएको र आयोजकले ढाँटेकाले उसैले यसको क्षतिपूर्ति दिनुपर्ने जिकिर उनले गरेका छन्। 

सुन्नुहोस्, तलको फेसबुक लाइभमा कलाकार खेसरीलालको भनाइ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .