ad ad

कला


ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषको पनि सम्बन्धविच्छेद

ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषको पनि सम्बन्धविच्छेद

नेपालखबर
माघ ४, २०७८ मंगलबार १२:५३, काठमाडौँ

दक्षिण भारतका सुपर स्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषबीच १८ वर्ष लामो दाम्पत्य जीवन टुंगिएको छ। 

दुवै सेलेब्रिटीले सामाजिक सञ्जालमा पोस्टमार्फत आफूहरुको सम्बन्ध टुटेको जनाएका छन्। 

धनुष र ऐश्वर्यालाई दक्षिणका विशेष जोडी भनिन्थ्यो। यस्तोमा दुईजना अलग्गिएको खबरले उनीहरुका फ्यानलाई झट्का लागेको छ।

धनुषले सम्बन्धविच्छेदलाई लिएर लेखेका छन्, 'हामीले १८ वर्षसम्म मित्रता, दम्पति, अभिभावक र एकअर्काको शुभचिन्तक बनेर प्रगति, समझदारी र साझेदारीको लामो यात्रा तय गरौँ। आज हामी सफलताको एउटा बिन्दुबाट विछोडिदैँछौँ। मैले र ऐश्वर्याले एक दम्पत्तिका रुपमा अलग हुने निर्णय लिएका हौँ। हामी आफैंलाई सम्झिन पनि समय चाहिएको छ। हाम्रो निर्णयको सम्मान गर्दिनुस् र हाम्रो अधिकारको पनि ख्याल गरिदिनुस्।'

ऐश्वर्याले इन्स्टाग्राममा यस्तै किसिमको एक पोस्ट गर्दै लेखेकी छन्, 'क्याप्सनको कुनै आवश्यकता छैन। ...केबल तपाईंको समझ र मायाको खाँचो छ।'

धनुषले १८ नोभेम्बर २००४ मा सुपरस्टार रजनीकान्तकी जेठी छोरी ऐश्वर्यासँग बिहे गरेका थिए। यी दुवैका सन्तानको नाम यात्रा र लिंगा हो। धनुषले ऐश्वर्याको निर्देशनमा बनेको पहिलो फिल्म 'थ्री' मा काम गरेका थिए। यस फिल्मको गीत 'कोलावेरी डी' २०११ मा सबैभन्दा हिट भएको थियो। 

यसअघि २ अक्टोबरमा दक्षिणका एक हिट जोडी सामन्था र नागा चैतन्यले पनि सम्बन्धविच्छेद गरेका थिए। 

६ अक्टोबर २०२१ मा सामन्था र नागा चैतन्यको बिहेको चार वर्ष पूरा हुँदैथियो। तर यसअघि नै उनीहरु अलग भए। त्यसको ३ महिनाभित्र धनुष र ऐश्वर्या पनि अलग हुँदा फ्यानहरुलाई दह्रो झट्का लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .