ad ad

कला


लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घद्वारा उत्प्रेरणामूलक प्रशिक्षण सम्पन्न

लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घद्वारा उत्प्रेरणामूलक प्रशिक्षण सम्पन्न

नेपालखबर
असार ६, २०७६ शुक्रबार ८:२२,

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२औं वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानस्थित लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले जीवन रूपान्तरण विषयक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम बिहीबार भव्य रुपमा सम्पन्न गरेको छ। प्रशिक्षणमा बोल्दै ओशो तपोवन, नेपालका प्रमुख स्वामी आनन्द अरुणले आधुनिक समयमा भौतिक सुखसयल प्राप्त भए पनि मानिसमा आत्मिक शान्ति हराउँदै गएको बताए।

विकसित देशमा व्याप्त यो समस्याले विस्तारै अल्पविकसित देशहरूलाई पनि गाँज्दै लगेकोले सचेत हुने बेला आएको उनले बताए। ध्यान र योगाभ्यासमार्पmत आत्मिक शान्ति कायम गर्न सकिने भनाइ राख्दै उहाँले बुद्ध जयन्तीको दिनलाई विश्व ध्यान दिवसका रूपमा मनाउन नेपालले पहलकदमी लिनुपर्ने बताए। अर्का वक्ता आध्यात्मिक चिन्तक डा. चिन्तामणि योगीले आधुनिक दुनियाँमा मानिस गन्तव्य नै निश्चित नगरी अरूको लहैलहैमा दौडिएकाले चाहेको चिज प्राप्त गर्न नसकेको बताए। गन्तव्य निश्चित गरेर सोही दिशातर्पm अगाडि बढेमा मान्छेले चाहेको चिज अर्थात् आत्मिक शान्ति प्राप्त हुने उनले उल्लेख गरे। यसका लागि मान्छेले आफूलाई चिन्नुपर्ने विचार उनले व्यक्त गरे।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा दार्शनिक प्रवचनको चाँजो मिलाएर सङ्घले सान्दर्भिक कार्यक्रम गरेको भन्दै प्रशंसा गरे। बुद्ध जयन्तीको दिनलाई विश्व ध्यान दिवसका रूपमा मनाउन नेपालले पहलकदमी लिनुपर्ने स्वामी आनन्द अरुणको धारणा अत्यन्तै सराहनीय भएको भन्दै त्यसका लागि प्रतिष्ठानले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उपकुलपति डा. जगमान गुरुङले निरन्तरको इमान्दार प्रयत्नबाट प्राप्त हुने सफलता आत्मिक सुखको राज भएको बताए। सङ्घका अध्यक्ष अशोक चौरसियाले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।

jiban 2सङ्घका अध्यक्ष अशोक चौरसिया अतिथिलाइ उपहार दिँदै

सभापतिको आसनबाट बोल्दै सङ्घद्वारा गठित ६२ औं वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप समिति—२०७६ का संयोजक हरि पाठकले सङ्घले आफ्नो स्थापनाकालदेखि नै कर्मचारीको हक, हित, अधिकार र कल्याणप्रति केन्द्रित हुँदै आफ्ना कार्यक्रम गर्दै आएको जानकारी दिए। अघिल्लो वर्ष प्रतिष्ठानको वार्षिकोत्सवको सन्दर्भमा चित्रकला प्रदर्शनीको आयोजना गरेकोमा यस पालि दैनिक जीवनका कामहरूबाट भएको थकान र तनावबाट मुक्ति पाउन सकौँ भन्ने उद्देश्यले प्रेरणादायी प्रवचन श्रवण गर्ने मौका जुटाएको उनले बताए।
लोकतान्त्रिक कलाकार तथा कर्मचारी संङ्घ उक्त अवसरमा करिब १५० जना सहभागीको स्वास्थ्य जाँच गर्नुका साथै प्रतिष्ठानका कर्मचारीहरू सानु पुजारी र सावित्री नेपालीलाई वर्षका उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो।

सङ्घले वर्षैपिच्छे दुई जना उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने सङ्घका महासचिव होमराज ढुङ्गेलले जानकारी दिए। सङ्घका पूर्व कार्यबाहक अध्यक्ष बुद्धि तिमल्सिनाद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, वर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय लगायत प्राज्ञ परिषद् र प्राज्ञ सभाका सदस्यहरू, आजीवन सदस्यहरू, ट्रेड युनियन काङ्ग्रेसका नेता एवं प्रतिनिधिहरू र प्रतिष्ठानका विभिन्न ओहोदाका कर्मचारीको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .