ad ad

कला


दुई सय करोड क्लबमा सलमान, कैट्रिनाको फिल्म

दुई सय करोड क्लबमा सलमान, कैट्रिनाको फिल्म

एजेन्सी
असार ५, २०७६ बिहिबार ११:३७,

बलिउडमा फेरि एकपटक सलमान खान र कैट्रिना कैफको जोडीलाई दर्शकले मन पराएका छन्। 

उनीहरु अभिनित फिल्म ‘भारत’ को बक्स अफिस कलेक्सनले समेत यो कुरा सावित गरिदिएको छ।

दमदार आपनिङ गरेको फिल्मले १५ औँ दिनसम्म आइपुग्दा दुई सय करोड कमाई गरेको छ।

विश्वकप क्रिकेट चलिरहेको समयमा फिल्मले गरेको कमाईले बलिउडमा राम्रो चर्चा पाइरहेको छ। फिल्मले दैनिक २ देखि ४ करोडको कमाई गरिरहेको छ।

यस्तोमा आगामी शुक्रबार रिलिज हुन लागेको शाहिद कपुरको फिल्म ‘कबीर सिंह’ले सलमानको फिल्मको रफ्तारलाई कम गर्न सक्छ।

तै पनि साना सहरहरुमा यो फिल्म अझै केही समय चल्न सक्ने भारतीय मिडियाको विश्लेषण छ।

फिल्मले १ महिनामा २५० करोड कमाई गर्ने अनुमान बलिउड फिल्म समिक्षकले लगाएका छन्।

फिल्म भारतबाहेक ७० देशको १३०० स्क्रीनमा देखाइएको छ। सलमानसँगै फिल्ममा कैट्रिनासँगै दिशा पटानी, ज्याकी श्राफले समेत अभिनय गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .