ad ad

राजनीति


काठमाडौंका ३२ वटै वडामा माओवादी शून्य

काठमाडौंका ३२ वटै वडामा माओवादी शून्य

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार ९:३८, काठमाडौँ

काठमाडौं महानगरपालिकाका सबै वडामा माओवादी केन्द्र ‘क्लिन स्वीप’ भएको छ। महानगरका ३२ वटै वडाअध्यक्ष पदमा माओवादीका कुनैपनि उम्मेदवारले जित हासिल गर्न नसकेका हुन्।

महानगरका १९ वटा वडामा नेपाली कांग्रेस, १२ वटा वडामा नेकपा एमाले र एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्।

माओवादी केन्द्रले भने कुनैपनि वडामा जित निकाल्न सकेन। काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन्।

एमालेले जितेका वडा र प्राप्त मत
१. वडा नम्बर १ः भरत लाल श्रेष्ठ, एमाले (६२२)
२. वडा नम्बर २ः राजेन्द्र कुमार श्रेष्ठ, एमाले (१३७७)
३. वडा नम्बर ३ः प्रेम थापा, एमाले (२१३८)

४. वडा नम्बर ४ः दिनेश महर्जन, एमाले (४६०४)
५. वडा नम्बर ५ः वीरेन्द्र प्रजापती, एमाले (१८१८)
६. वडा नम्बर १३ः ध्रुव नारायण मानन्धर, एमाले (३१२४)
७. वडा नम्बर १८ः न्हुछेकाजी महर्जन, एमाले (१२९३)
८. वडा नम्बर २१ः उदय चुडामणि बज्राचार्य, एमाले (२००१)
९. वडा नम्बर २२ः चिनीकाजी महर्जन, एमाले (२०६०)
१०. वडा नम्बर २३ः मचा राजा महर्जन, एमाले (११६१)
११. वडा नम्बर ३१ः सरोज ढकाल, एमाले (४७६७)
१२. वडा नम्बर ३२ः नवराज पराजुली, एमाले (५२२५)

नेपाली कांग्रेसले जितेका वडा र प्राप्त मत
१. वडा नम्बर ६ः भुवन लामा, कांग्रेस (३८७६)
२. वडा नम्बर ७ः बिमल कुमार होडा, कांग्रेस (२८६७)
३. वडा नम्बर ८ः आशामान संगत, कांग्रेस (१५५७)
४. वडा नम्बर ९ः रामजि भण्डारी, कांग्रेस (२७९०)
५. वडा नम्बर १०ः राम कुमार के।सी, कांग्रेस (३४२८)
६. वडा नम्बर ११ः हिरा लाल तण्डुकार, कांग्रेस (१५५५)
७. वडा नम्बर १२ः बाल कृष्ण महर्जन, कांग्रेस (२२१७)
८. वडा नम्बर १४ः सुमन श्रेष्ठ, कांग्रेस (३४४२)
९. वडा नम्बर १६ः मुकुन्द रिजाल, कांग्रेस (४०१९)
१०. वडा नम्बर १७ः नविन मानन्धर, कांग्रेस (२७०८)
११. वडा नम्बर १९ः राजेश कुमार श्रेष्ठ, कांग्रेस (१२००)
१२. वडा नम्बर २०ः राजेन्द्र मानन्धर, कांग्रेस (१४७५)
१३. वडा नम्बर २४ः बिनोद कुमार राजभण्डारी, कांग्रेस (११३२)
१४. वडा नम्बर २५ः राजेश डंगोल, कांग्रेस (९१३)
१५. वडा नम्बर २६ः ख्यामराज तिवारी, कांग्रेस (३३१५)
१६. वडा नम्बर २७ः योगेश कुमार खड्गी, कांग्रेस .१५४१)
१७. वडा नम्बर २८ः भाइराम खड्गी प्रकाश, कांग्रेस (१२८२)
१८. वडा नम्बर २९ः कुश ढकाल, कांग्रेस (१९२१)
१९. वडा नम्बर ३०ः दल बहादुर कार्की, कांग्रेस (२०६१)

नेकपा एकीकृत समाजवादीले जितेको वडा र प्राप्त मत
१.वडा नम्बर १५ः ईश्‍वर मान डंगोल, एकीकृत समाजवादी (३४७४)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .