सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले आफ्नो सम्पत्ति विवरण समेत सार्वजनीक गरेका छन्।
एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित चन्दले गाउँपालिका अध्यक्षको पदभार सम्हाले लगत्तै आफ्नो सम्पती विवरण सार्वजनिक गरेका हुन्।
उनले सार्वजनिक गरेको सम्पती विवरणअनुसार चन्दको नाममा एक थान मोटरसाइकल र सांग्रिला बैंकमा नगद ८ हजार ३६२ रुपैयाँ मात्रै छ।
उनले आफ्नो नाममा कुनै पनी ठाउँमा जग्गा नभएको उल्लेख गरेका छन्।
आफ्ना बुवा शेरबहादुर चन्दको नाममा कित्ता नम्वर ६ घ ६९, ७ घ ६२, ७ घ १३६, ७ घ १३८, ७ घ ६१ को जगा र करीव ५ रोपनी एैलानी जग्गा र ४ कोठे कच्ची घर रहेको उनले उल्लेख गरेका छन्।
त्यसैगरी आमाको नाममा करिब डेढ तोला सुन र ५ तोला चाँदी, श्रीमती गोपी मैँया चन्दको नाममा करीव साढे २ तोला सुन, छोरा दिपेन्द्रकुमार चन्दको नाममा पाखोबारी, करिब १ लाख ५० हजार नगर मौज्दात, १ थान मोटर साइकल छ भने बुहारी जयन्ती चन्दको नाममा सिम्ता ५ आलिमा भाँडा पसल र डेढ तोला सुन रहेको अध्यक्ष चन्दले सार्वजनीक गरेको सम्पत्ती विवरणमा उल्लेख छ।
Shares
प्रतिक्रिया