काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन शाह (बालेन) का समर्थकहरुले आज काठमाडौंमा विजय जुलुस गर्दैछन्।
शुक्रबार बिहान साढे ६ बजे राष्ट्रिय सभागृह अगाडिबाट सुरु हुने जुलुसले शहरका विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम छ।
सभागृहबाट प्रारम्भ भएको जुलुस भद्रकाली, त्रिपुरेश्वर, माइतिघर सर्भिस ट्र्याक दक्षिण हुँदै बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडिबुटी, पेप्सीकोला पुग्ने तालिका छन्।
पेप्सीकोलाबाट फिर्ता भएको जुलुस कोटेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, तीलगंंगा, गौशाला, चावाहिल, महाराजगञ्ज, सामाखुशी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वर, सुन्धाराहुँदै खुल्लामञ्चमा पुगेर सभामा परिणत हुनेछ।
सभालाई नवनिर्वाचित मेयर बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।
बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनका समर्थकहरुले बिहीबार पनि विजय जुलुस निकालेका थिए।
Shares
प्रतिक्रिया