ad ad

निर्वाचन विशेष


बुढीगंगाको मतदान रद्द, बाजुराका सीडीओसहित दुवै प्रहरी प्रमुखलाई कारबाही गर्न निर्देशन

बुढीगंगाको मतदान रद्द, बाजुराका सीडीओसहित दुवै प्रहरी प्रमुखलाई कारबाही गर्न निर्देशन

नेपालखबर
जेठ १२, २०७९ बिहिबार २१:५, काठमाडौँ

निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई कारबाही गर्न निर्देशन दिएको छ। 

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बुढीगंगा नगरपालिकामा शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न नसकेको भन्दै आयोगले सीडीओ उपेन्द्रराज पौड्याल, डीएसपी चतुर्भुज ओझा र सशस्त्रका एसपी दीपक विष्टलाई कारबाही गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो।

साथै, आयोगले बुढीगंगाको मतदान पनि रद्द गर्ने निर्णय गरेको छ। 

सो नगरपालिकामा खटाइएका निर्वाचन अधिकृतलाई यथासक्य चाँडो निर्वाचनको मिति तोक्न र प्रक्रिया अघि बढाउनसमेत आयोगले निर्देशन दिएको छ। 

आयोगले तीन दिनअघि मात्रै नयाँ निर्वाचन अधिकृत खटाएको छ। 

वैशाख ३० गते भएको मतदानका क्रममा बुढीगंगामा झडप भएपछि मतदान स्थगित भएको थियो। आयोगले स्थगित मतदान रद्द गरी पुनः मतदान गर्ने व्यवस्था मिलाउन भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .