ad ad

निर्वाचन विशेष


गाउँपालिका प्रमुख जित्दै तमलोपाले मधेसमा खोल्यो खाता

गाउँपालिका प्रमुख जित्दै तमलोपाले मधेसमा खोल्यो खाता

नेपालखबर
जेठ ४, २०७९ बुधबार १३:४२, जनकपुरधाम

वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले महोत्तरीमा गाउँपालिका अध्यक्ष जितेको छ। 

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको अध्यक्षमा तमलोपाका उम्मेदवार दिलिप पाण्डे विजयी भएका हुन्।

कलश चुनाव चिन्हमा निर्वाचन लडेका पाण्डेले २ हजार ३३६ मत प्राप्त गरेका छन्। 
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अजयजंग रायले २ हजार २०८ मत ल्याएका छन्। 

महोत्तरी गाउँपालिकाको उपाध्यक्षमा भने दिपोदेवी पासवन विजयी भएकी छन्। उनले २०६४ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललिता देवी साहले १ हजार ९९१ मत प्राप्त गरेकी छन्। 

तमलोपाका अध्यक्ष लालले लोसपा परित्याग गरी केहि महिना अघि पुरानै पार्टी तमलोपा दर्ता गराएका थिए । लाल तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष थिए भने पूर्व राष्ट्रिय सभा सदस्य समेत हुन्।

तमलोपाको पालिका प्रमुखमा यो पहिलो जित हो। जनकपुरधाम उपमहानगरपालिका वडा नंं ३ र महोत्तरी गाउँपालिका वडाध्यक्ष ३ गरी यसअघि तमलोपाले दुई वडाध्यक्ष प्यानलसहित जितेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .