ad ad

निर्वाचन विशेष


खोटाङको दिप्रुङ १ याम्खामा कांग्रेसको प्यानलै विजयी

खोटाङको दिप्रुङ १ याम्खामा कांग्रेसको प्यानलै विजयी

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १८:५९, काठमाडौँ

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। कांग्रेस प्रदेश नं १ का महामन्त्री भूपेन्द्र राईको वडामा दलहरुबीच गठबन्धन छैन। यो पालिकामा दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा छन्। 

वडाध्यक्षमा कांग्रेसका केशव खत्रीले माओवादी केन्द्रका राजेन्द्र राईलाई १२ मतले पछि पारेका हुन्। खत्री ३९२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राईले ३८० र एमालेका दिपबहादुर खत्रीले ३४४ मत प्राप्त गरेका छन्। 

पालिकामा पनि कांग्रेसलेनै अग्रता लिएको छ। पालिका अध्यक्षमा १ हजार २३० मत गणना गर्दा कांग्रेसका नइन्द्र राईले ५४६ मत पाएका छन्। माओवादीका गोपालचन्द्र राईले ३६३ र एमालेका लोकेन्द्र राईले २४८ मत ल्याएका छन्। 

उपाध्यक्षमा कांग्रेसकी रमा कट्वाल ४३५, माओवादीका नैनकुमारी खत्रीले ३५२ र एमालेका अरुणा थापा मगरले २३८ मत पाएकी छन्। यो पालिकामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .