ad ad

निर्वाचन विशेष


खोटाङको रावाबेँसी गाउँपालिकामा गठबन्धन अगाडि

खोटाङको रावाबेँसी गाउँपालिकामा गठबन्धन अगाडि

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १८:२०, काठमाडौँ

खोटाङको रावाबेँसी गाउँपालिकामा गठबन्धन अगाडि देखिएको छ। पालिका अध्यक्षमा झण्डै एक सय र उपाध्यक्षमा डेढ सय मतले गठबन्धन अगाडि छ।

यो पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन छ। 

अध्यक्षमा नेपाली कांग्रेसका फटिककुमार श्रेष्ठले ४१९ मत पाउँदा एमालेका हरिकुमार पोख्रेलले ३३६ मत ल्याएका छन्। उपाध्यक्षमा माओवादीका लीलानारायण श्रेष्ठले ४५७ र एमालेकी कौशिलाकुमारी गुरुङ २९९ मत पाएकी छन्। 

यहाँ जनता समाजवादी पार्टी गठबन्धनमा सामेल छैन। अध्यक्षमा समाजवादीका मोहन गुरुङले ४४ र उपाध्यक्षमा झुमा नेपालले ३ मत ल्याएकी छन्। 

यसअघिको चुनावमा यो पालिकामा एमालेका उम्मेदवार विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .