खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
वडा नं १ को १५४ मत गणना गर्दा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थराज भट्टराईले ८१ मत ल्याउँदा एमालेका कुमार आचार्यले ६० मत पाएका छन्।
उपप्रमुखमा माओवादीका विशन राईले ८० मत र एमालेका विनादेवी राईले ६४ मत ल्याएकी छन्। वडा नं १ को अध्यक्षमा कांग्रेसका नवराज राईले ८५ र एमालेका गोपालचन्द्र आचार्यले ५२ ल्याएका छन्।
यो नगरपालिकामा यसअघि एमालेले जितेको थियो। तर अहिले गणना भइरहेको वडामा भने यसअघि पनि कांग्रेसकै उम्मेदवार विजयी भएका थिए।
267
Shares
प्रतिक्रिया