ad ad

निर्वाचन विशेष


काठमाडौंका ४० प्रतिशतले भोटै हालेनन्, बालेन भए मालामाल

काठमाडौंका ४० प्रतिशतले भोटै हालेनन्, बालेन भए मालामाल

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार २१:३, काठमाडौँ

काठमाडौंबासीले यसपटक स्थानीय चुनावमा जनप्रतिनिधि छान्न खासै उत्साह देखाएनन्। तथ्य यस्तो देखियो कि काठमाडौंका ४० प्रतिशत बढी मतदाताले कसैलाई भोट हाल्ने जाँगर देखाएनन्।

नेपाली कांग्रेसले प्रकाशमान सिंहकी धर्मपत्नीलाई टिकट दिएको र एमालेले ‘मिटु’ को विवादमा फसेका केशव स्थापितलाई उम्मेदवार बनाएका कारण काठमाडौंबासीहरु मतदानमा निराश देखिएका हुन्।

काठमाडौंका मतदाता निराश देखिएको प्रमाण हो यहाँ खसेको मत प्रतिशत।

शुक्रबार राति साढे ८ बजे हामीले निर्वाचन आयोगका अधिकारीहरुसँग सम्पर्क गर्दा देशभरि खसेको मतको प्रतिशत निकाल्ने काम भइरहेको जवाफ पाइयो।

आयोगका एक अधिकारीका अनुसार काठमाडौंमा ५२ प्रतिशत मात्र मत खसेको अनुमान छ। अन्तिम हिसाब निकाल्दा केही बढे पनि ५५ प्रतिशत भन्दा कम मतदाताले मात्रै महानगरमा मतदान गरेको पाइएको छ।

यसअघि नेकपा एमालेका नेताहरुले नयाँ पुस्ताका मतदाताबाट एमालेलाई मतदान हुने दाबी गर्दै आएका थिए। तर, मतदाताको संख्या ह्वात्तै घटेपछि यसको प्रत्यक्ष असर कांग्रेस र एमाले दुवै दलका उम्मेदवारलाई पर्ने देखिएको छ।

पछिल्लो समय युवा पुस्ताका मात्र हैन, लठ्ठी टेक्ने बूढो पुस्ताले समेत स्वतन्त्र  उम्मेदवार बालेन शाहलाई रोजेको देखिएको छ।

शुक्रबार मतदानका दिनसम्म आइपुग्दा बालेनप्रति देखिएको आकर्षणले कांग्रेस, एमालेका उम्मेदवारलाई बालेनले टक्कर दिने प्रष्ट देखिएको छ।

नयाँ बानेश्वरका एक मतदाताले मतदानस्थलबाट फर्केर भने, ‘बालेन शाहप्रति आकर्षण ह्वात्तै बढेको देखियो, उनी काठमाडौंको मेयरमा विजयी बने भने मचाहिँ अचम्म मान्दिनँ।’

त्यसो त काठमाडौंका मतदाताले परिवर्तन रुचाउँदै आएको देखिन्छ। कतिपय बेलामा उनीहरुले व्यवस्थाप्रतिको असन्तुष्टि प्रकट गर्नेक्रममा कसैले नसोचेको उम्मेदवारलाई जिताउने गरेको रेकर्ड छ।

निराश काठमाडौंले कहिलेकाहीँ ‘दाइलाई भन्दा गाईलाई’ रोज्ने गरेको समेत देखिएको छ।  

यसपटक काठमाडौंका करिब ४० प्रतिशतभन्दा बढी मतदाताले मतदानमा भागै नलिएर सत्तारुढ दलप्रतिको असन्तुष्टि प्रकट गरेका छन्। र, यसको साेझो फाइदा  बालेनले उठाउने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .