ad ad

निर्वाचन विशेष


ललितपुरमा ७४ प्रतिशत मत खस्यो, मतगणना भोलि

ललितपुरमा ७४ प्रतिशत मत खस्यो, मतगणना भोलि

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १९:४०, काठमाडौँ

ललितपुरमा झण्डै ७४ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ललितपुरमा ७३ दशमलव ७१ मत खसेको जानकारी दिएका छन्। 

उनले ललितपुरका दुई लाख ४३ हजार मतदातामध्ये ७३ दशमलव ७१ मत खसेको बताए। 

उनका अनुसार स्थानीय तह निर्वाचनका लागि ललितपुरमा १३१ मतदान स्थल र २४८ मतदान केन्द्र निर्धारण गरिएको थियो। 

स्था​नीय प्रशासनले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी उपाध्यायले सबै मतदान स्थलबाट सम्बन्धित तहको केन्द्रसम्म मतपेटिका ढुवानी भइरहेको पनि बताए। 

उनले शनिबार बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गरिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .