निर्वाचन विशेष


चुनाव जिते गर्भवतीलाई मासिक हजार रुपैयाँ भत्ता

चुनाव जिते गर्भवतीलाई मासिक हजार रुपैयाँ भत्ता

नेपालखबर
बैशाख १७ , काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले आफूले चुनाव जिते गर्भवतीलाई भत्ता दिने घोषणा गरेका छन्। 

एमाले भरतपुर–१२ ले शनिबार आयोजना गरेको चुनावी कोणसभामा उनले आफू मेयर निर्वाचित भए गर्भवतीलाई मासिक हजार रुपैयाँ भत्ता  दिने बताएका हुन्। 

आमाहरुको स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई विचार गरी गर्भवती दिदीबहिनीहरुको पोषणमा भत्ताले सहयोग मिल्ने सुवेदीले बताए।  

‘आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी पनि हो। सबै आमाहरुप्रति सम्मान छ,’ उनले भने, ‘यस अवसरमा म महानगर प्रमुख भएको खण्डमा गर्भवती महिलालाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्दछु।’

निस्वार्थ, निष्पक्ष ढंगले काम गरी महानगरमा सुशासन र समृद्धि हासिल गर्ने आफ्नो संकल्प रहेको सुवेदीले बताए। उनले भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने पनि प्रतिबद्धता जनाए।

बैशाख १७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.