कारोबार


महालेखाले भन्यो : युट्युब–टिकटक–जुमबाट धेरै पैसा बाहिरियो, कर असुल

महालेखाले भन्यो : युट्युब–टिकटक–जुमबाट धेरै पैसा बाहिरियो, कर असुल

नेपालखबर
असार २९ , काठमाडौँ

महालेखा परीक्षकको कार्यालयले विद्युतीय सेवामा कर लगाउने कानुनी व्यवस्था गर्न सुझाव दिएको छ। 

युट्युब, टिकटक, गुगलमिट, जुम, माइक्रोसफ्ट टीम लगायतका एप्लिकेसन प्रयोग गरेपश्चात् हुने भुक्तानीबाट राज्यको ठूलो धनराशि विदेशिएको भन्दै कर लगाउने व्यवस्था गर्न सरकारलाई निर्देश गरेको छ। 

महालेखा परीक्षकको कार्यालयले नेपालबाट वैधानिकरूपमा ती एप्लिकेसन सञ्चालकहरूलाई भुक्तानी गर्ने पेमेन्ट गेटवे समेत नभएकोले पेटीएम, पेपाललगायतका क्रेडिट कार्ड र अन्तर्राष्ट्रिय विद्युतीय भुक्तानी माध्यम प्रयोग गरी सम्बन्धित साइटका सञ्चालकलाई रकम भुक्तानी हुने गरेको उल्लेख गरेका छ। 

एप्लिकेसनले नेपालमा सेवा दिने भएकाले करको स्रोतको सिद्धान्तको आधारमा सो कारोबार विदेशबाट सञ्चालन भए पनि नेपालमा कर तिर्नुपर्ने महालेखाले औँल्याएको छ। 

कारोबारको पहिचान हुन नसकेको र नेपालमा दर्ता नभएकोले सो कारोबारबाट राज्यलाई कर प्राप्त हुन नसकेको उल्लेख गरेको छ। 

यससम्बन्धी व्यहोरा महालेखापरीक्षकको अन्ठाउन्नौं प्रतिवेदनमा औंल्याइएकोमा आर्थिक ऐन, २०७९ ले गैह्र बासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा २ प्रतिशतका दरले विद्युतीय सेवा कर लगाउने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि त्यस्तो कारोबार गर्नेको दर्ता र नियमनका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने सुझाएको छ।

असार २९, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad