कारोबार


हुवावेको ठूलो क्षेत्रीय सिड्स फर द फ्युचर कार्यक्रम थाइल्याण्डमा सुरु

हुवावेको ठूलो क्षेत्रीय सिड्स फर द फ्युचर कार्यक्रम थाइल्याण्डमा सुरु

नेपालखबर
भदौ ६, २०७९ सोमबार १४:७, काठमाडौँ

हुवावेले आसियान फाउन्डेसन र थाइल्याण्डको पर्यटन अथोरिटी (टीएटी)सँगको सहकार्यमा सिड्स फर द फ्युचर २०२२ सुरु गरेको छ। 

अगस्ट १९ देखि २७ सम्म कार्यक्रमले थाइल्याण्डमा एसिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूलाई ९-दिने डिजिटल बुट क्याम्पको लागि एकै ठाउँमा ल्याउने कम्पनीले जनाएको छ। 

सहभागीहरूले प्रविधि र क्रस-कल्चुरल अनुभवमा धेरै ज्ञान प्राप्त गर्नेछन् र टेक फर गुड परियोजनाहरूमार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न प्राविधिक सोलुसनहरूको प्रस्ताव राख्नेछन्। यस वर्ष १२० सहभागीहरूमध्ये ५६ जना महिलाहरू छन् जसले गर्दा २००८ बाट सुरु भएदेखि यस क्षेत्रमा २०२२ कोहोर्टलाई सबैभन्दा लैङ्गिक सन्तुलित बनाउँछ। 

हुवावे र आसियान फाउन्डेशन सन् २०२१ मा समझदारी पत्रमा हस्ताक्षर गरेदेखि एसिया प्यासिफिक सिड्स फर द फ्युचर २०२२ ले पहिलो पटक यो कार्यक्रम आयोजना गरेको जनाउँछ। यस वर्षको कार्यक्रममा टीएटीले पनि बैंककको सांस्कृतिक भ्रमणमा सहभागीहरूलाई होस्टिंग गरेर महत्त्वपूर्ण योगदान दिनेछ। सँगै मिलेर यी संस्थाहरूले एक तालमेल सिर्जना गर्ने आशा राखेका छन् जसले सहभागीहरूलाई अनुपम अनुभव प्रदान गर्नेछ। 

उद्घाटन समारोहमा स्थानीय सरकारका पदाधिकारी र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले यस क्षेत्रको डिजिटल प्रतिभा इकोसिस्टमको लागि बलियो आधार निर्माण गर्न मल्टी-पार्टी सहकार्यले खेल्ने महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे। 

थाइल्याण्डका उपप्रधानमन्त्री तथा वाणिज्यमन्त्री जुरिन लक्सानाविसिटले कार्यक्रममा भने: “२०२२ मा थाइल्याण्डमा एशिया-प्यासिफिक क्षेत्रमा आयोजना भएको सिड्स फर द फ्युचरको उद्घाटन समारोहको अध्यक्षता गर्न पाउँदा धेरै खुसी छु र म यसको लागि म हुवावेलाई धन्यवाद दिन चाहन्छु। वर्तमानमा बदलिँदो प्रवृत्तिहरूसंगै अगाडि बढ्न, सार्वजनिक र निजी क्षेत्रहरू आईसीटी कर्मचारी वृद्धि गर्न मिलेर काम गरिरहेका छन्। व्यक्तिगत रूपमा, हुवावे जस्तो लिडिंग विशिष्ट कम्पनीहरूसँगको सह-प्रशिक्षणले शिक्षाको गुणस्तरमा ठूलो वृद्धि ल्याउनेछ र अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय स्तरमा लाने लक्ष्यका साथ डिजिटल विकासलाई अगाडि बढाउने उत्कृष्ट कदम हो भन्ने मलाई विश्वास छ।” 

आसियानका महासचिव, महामहिम दातो लिम जोक होइले डिजिटल आसियानको निर्माणमा डिजिटल प्रतिभा ड्राइभिंग र्फोसको रुपमा रहनेछ भन्ने कुरामा जोड दिए, “निजी क्षेत्रले यो भिजनलाई साकार पार्न अग्रगामी भूमिका खेल्न सक्छ। यस सन्दर्भमा म हुवावे एशिया प्यासिफिकको पहल: सिड्स फर द फ्युचर कार्यक्रमको प्रशंसा गर्दछु। यस परियोजनाले हुवावेको सहकार्य गर्ने र आसियान युवाहरूलाई कामको बदलिँदो संसार र उद्योगका मागहरूका लागि तयार पार्ने दीर्घकालीन प्रतिबद्धतालाई जोड दिन्छ। मलेसिया, थाइल्याण्ड, कम्बोडिया र इन्डोनेसियाका २३,४६५ आईसीटी पेशेवरहरूलाई तालिम दिन स्थानीय सरोकारवालाहरू सँग मिलेर काम गरेकोमा म हुवावे आसियान एकेडेमीको प्रशंसा गर्दछु। मलाई आशा छ कि यस्ता प्रयासहरू अन्य आसियान सदस्य राष्ट्रहरूमा पनि विस्तार गर्न सकियोस्।” 

एसिया प्यासिफिकमा उन्नत डिजिटल प्रतिभा उत्पादन सामान्यतया सरकार, शिक्षाविद् र निजी प्राविधिक प्रदायकहरूद्वारा सञ्चालित संयुक्त परियोजनाहरू मार्फत गरिन्छ। आसियान एकेडेमी र सिड्स फर द फ्युचर त्यस्ता परियोजनाहरूका उदाहरण हुन्। 
आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. याङ मी इङ्गले भने, “आसियान डिजिटल अर्थतन्त्रको वृद्धि यस क्षेत्रका युवाहरूको सहभागितामा निर्भर गर्दछ। डिजिटल जानकार र इनोभेटिभ समस्या समाधानकर्ताहरूको पुस्ताको पालनपोषण गर्न आसियानका सरोकारवालाहरूले हाम्रा युवाहरूलाई उनीहरूको डिजिटल सीप अगाडि बढाउन मद्दत गर्ने रोबस्ट लर्निगं इकोसिस्टम सिर्जना गर्नु महत्त्वपूर्ण छ।" 

यो कार्यक्रम आसियान फाउन्डेसन-हुवावे साझेदारीको अर्को सफलता हो जुन प्रतिभा विकासमा केन्द्रित लर्निगं इकोसिस्टम सिर्जना गर्न प्रतिबद्ध छ जसले यस क्षेत्रमा डिजिटल सीपको अभावलाई सम्बोधन गर्न मद्दत गर्नेछ भन्ने विश्वास छ।

हुवावे एशिया प्यासिफिकका अध्यक्ष सिमोन लिनले प्रतिभा विकासको लागि हुवावेको आफ्नै प्रतिबद्धता दोहोर्याए, ‘सीड्स’ ले आशा, जोश र भविष्यलाई प्रतिनिधित्व गर्दछ। सबैभन्दा लामो इतिहास भएको कर्पोरेट-स्तरको फ्ल्यागशिप सीएसआर परियोजनाको रूपमा यो कार्यक्रम लगभग १४० देश र क्षेत्रहरू, लगभग ५०० विश्वविद्यालयहरूबाट १२,००० भन्दा बढी विद्यार्थीहरू ल्याइएको छ। ‘सीड्स’ बढेर विश्वव्यापी ‘जङ्गल’ बनिसकेको छ। 

“डिजिटलाइजेशन हाम्रो भविष्यको लागि ड्राइभिंग र्फोस हो। प्रतिभा डिजिटल रूपान्तरण र दिगो विकासको लागि किइ हो। हामी दृढ विश्वास गर्छौं कि युवा पुस्ता आफ्नो प्राविधिक सपनाहरू पछ्याउँदै एशिया प्यासिफिकको निर्माणकर्ताको रूपमा बढ्नेछन्”, साइमन लिनले थपे। 

बंगलादेशका शिक्षा मन्त्री महामहिम डा. दिपु मोनीले डिजिटल प्रतिभाले ऐतिहासिक लैङ्गिक अन्तरहरू कसरी गाभ्न सकिन्छ भन्नेबारे बोलेका थिए, “हामीले हाम्रा महिला विद्यार्थीहरूलाई स्टेम-आधारित शिक्षामा समावेश गर्नु र उनीहरूलाई अगाडी बढ्नको लागि समान अवसर सिर्जना गर्नु झन् महत्त्वपूर्ण छ। सिड्स फर द फ्युचर त्यसमा धेरै इमानदार देखिन्छ। हामी बंगलादेशका पाँच उत्कृष्ट महिला युवा पेशेवरहरू शिविरमा सामेल हुन पाउँदा उत्साहित छौं र उनीहरूको सफलताले बंगलादेशको डिजिटल अर्थतन्त्रमा योगदान दिन धेरै महिलाहरूलाई सशक्त बनाउँछ भन्ने मलाई विश्वास छ।” 

एशिया प्यासिफिक सिड्स फर द फ्युचर २०२२ ज्ञान सिकाउने बारे मात्र नभई सबैका लागि सभ्य, गुणस्तरीय र सुखी जीवन प्रदान गर्ने पहल र परियोजनाहरूमा विचारहरू कसरी रूपान्तरण गर्ने भन्ने बारे पनि हो। थाइल्यान्डका शिक्षा उपमन्त्री खुनयिङ कालाया सोफोनपानिचले समर्थन जनाउनु भयो “सिड्स फर द फ्युचर कार्यक्रम आईसीटी र डिजिटल प्रविधिहरूमा रुचि राख्ने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण छ किनकि यसले सिद्धान्त र अभ्यासबीचको ग्याप लाई भर्छ। शिक्षा मन्त्रालयले नैतिकतामा बढी ध्यान दिने परिकल्पना गरेको छ भने शिक्षाले डिजिटल सीपमा पनि जोड दिनुपर्छ भन्ने कुरामा सहमति जनाउनु भयो। यो थाई शिक्षा क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण विकास मानिन्छ; शिक्षाको गुणस्तर बढाउँदै शिक्षालाई विश्वव्यापी स्तरमा अगाडि बढाउन सकिन्छ।” 

थाइल्याण्डको संस्कृति मन्त्रालयका उप-स्थायी सचिव सचिव क्रिसाडा कोङ्काजान, एसियानका लागि लाओ पीडीआरका डेपुटी पर्मानेन्ट प्रतिनिधि सेन्गप्रार्थिद स्नुकफोन, आईटीयूको एसिया र प्यासिफिक क्षेत्रका लागि क्षेत्रीय निर्देशक अत्सुको ओकुडा र युनेस्कोको शैक्षिक इनोभेसन र सीप विकासका शाखा प्रमुख लिबिङ वाङ सबैले यो क्षेत्रीय युथ एक्सचेन्जका लागि उत्कृष्ट मञ्च भएको स्वीकार गरे र विद्यार्थीहरूलाई २०२२ एसिया प्यासिफिक सीड्स फर द फ्युचर २०२२ को यात्रामा शुभकामना व्यक्त गरे।  

कार्यक्रमको औपचारिक सुरुवात आसियान फाउन्डेसनका डा. याङ मी इङ्ग, डिजिटाइजेसन रिसर्च एण्ड डेभलपमेन्टका लागि टीएटी का डेपुटी गभर्नर निथी सिप्रे, हुवावे एशिया प्यासिफिकका अध्यक्ष साइमन लिन र हुवावे थाइल्याण्डका सीईओ अबेल डेङले संयुक्त रूपमा घोषणा गरेका थिए। त्यसपछि, सहभागीहरूलाई टीएटी बाट आम्बासाडर प्रमाणपत्र प्रदान गरिएको थियो। १६ सिड्स प्रतिनिधिहरूले आ-आफ्नो भाषामा “ड्रिम इट पोसिबल” गीत प्रस्तुत गर्दै समारोहको समाप्ति भयो। 

आजदेखि उनीहरूले बैंककमा संयुक्त राष्ट्र क्षेत्रीय हब, मेटाभर्स एक्सपो र बैंककको ग्रान्ड प्यालेस लगायत साइट भ्रमणहरूले भरिएको सांस्कृतिक र डिजिटल यात्रा सुरु गर्नेछन्। साथै, सहभागीहरूलाई फाइभजी, एआई र क्लाउड कम्प्युटिङ जस्ता अत्याधुनिक प्रविधिहरूमा उद्योगका अग्रणी विज्ञहरूबाट तालिम दिइनेछ। 

डिजिटल क्याम्पको समयमा सहभागीहरूले टोली बनाई “टेक फर गुड” पिच सिर्जना गर्ने अपेक्षा गरिन्छ जहाँ उनीहरूले राम्रो डिजिटल संसारको लागि आफ्नो भिजन सेयर गर्नेछन्। विजेता टोलीलाई अगस्ट २९ देखि सेप्टेम्बर ४ सम्म सिंगापुरमा हुने एक्सलेरेटर क्याम्पमा स्थान दिइनेछ। यस शिविरले उनीहरूलाई उच्च स्तरका उद्यमी र लगानीकर्ताहरूलाई भेट्ने र उनीहरूको पहललाई थप विकास गर्ने र उनीहरूका विचारहरू बजारमा ल्याउने अवसर दिनेछ।

सिड्स फर द फ्युचर हुवावेको फ्ल्यागशिप कर्पोरेट सोसियल रेस्पन्सिबिलिटी कार्यक्रम हो जसले विश्वभरका शीर्ष विश्वविद्यालयहरूबाट युवा प्रतिभाहरूलाई एकै ठाँउमा ल्याउँछ। आईसीटी प्रतिभाहरूलाई प्रेरित गर्न र डिजिटल सोलुसनमार्फत सामाजिक चुनौतिहरूको सामना गर्न प्रोत्साहित गर्न थाइल्याण्डमा यो कार्यक्रम २००८ मा सुरु गरिएको थियो। २०२१ को अन्त्यसम्ममा यो कार्यक्रम १३७ देश र क्षेत्रहरूमा, लगभग ५०० भन्दा बढी विश्वविद्यालयहरूबाट १२,००० विद्यार्थीहरूमा लागू गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .