ad ad

कारोबार


सरकारले ‘पहिले देश अनि विदेश’ अभियान सञ्चालन गर्ने

सरकारले ‘पहिले देश अनि विदेश’ अभियान सञ्चालन गर्ने

नेपालखबर
साउन ८, २०७९ आइतबार १४:४, काठमाडौँ

सरकारले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न ‘पहिले देश अनि विदेश’ अभियान सञ्चालन गर्ने भएको छ। 

मन्त्रालयको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नमूना कार्यक्रमको रुपमा पर्यटन मन्त्रालयका कर्मचारीलाई पर्यटन काजको व्यवस्था गर्ने भएको हो। 

मन्त्रालयले सार्वजनिक निकायका कर्मचारीहरुलाई पर्यटन काजको व्यवस्था गर्न आवश्यक पहल र समन्वय गर्ने भएको छ। 

नेपालको पर्यटन प्रवर्द्धन पुनरुत्थान कार्ययोजना २०७९ मा राम जानकी मन्दिर र तिरौलाकोट क्षेत्रलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने भएको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रारा, खप्तड जस्ता महत्वपूर्ण पर्यटकीय गन्तब्यमा गुणस्तरीय होटल लगायत एकिकृत पर्यटकीय पूर्वधार विकास गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ। 

सरकारले विदेशस्थित नेपाली नियोगहरुमा कार्यरत एक जना अधिकारीलाई पर्यटन क्षेत्रको सम्पर्क व्यक्ति तोक्ने व्यवस्था गर्ने भएको छ। 

तारे स्तरका होटलका कोठाहरुमा सिंगल युज प्लास्टिकलाई १ वर्षभित्र विस्थापन गर्ने लक्ष्य राखेको छ। 

सरकारले योगा, रिट्रिट, स्पा र आध्यात्मिक पर्यटन प्याकेज बनाई ६ महिनाभित्र अघि बढाउने भएको छ। पर्यटकीय स्थलहरुमा पर्यटक बसपार्क निर्माणको कामलाई अघि बढाउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .