ad ad

कारोबार


१९ वर्षीया ग्याबी बनिन् सगरमाथा चढ्ने कान्छी अस्ट्रेलियन

१९ वर्षीया ग्याबी बनिन् सगरमाथा चढ्ने कान्छी अस्ट्रेलियन

नेपालखबर
जेठ ३, २०७९ मंगलबार १८:३२, काठमाडौँ

अस्ट्रेलियाकी ग्याबी क्यानिजेले सफलतापूर्वक सगरमाथाको आरोहण गरेकी छिन्। 

योसँगै उनी सगरमाथा चढ्ने कान्छी अस्ट्रेलियन बनेकी हुन्। 

उनले १९ वर्ष ६८ दिनको हुँदा सगरमाथा चढेको अस्ट्रेलियन मिडियाले जनाएका छन्। 

उनी आफ्नी ५२ वर्षीया आमा जेन क्यानिजेसँगै सगरमाथा चढेकी हुन्। 

उनलाई आरोही टेन्डी शेर्पाले गाइड गरेका थिए। सगरमाथासँगैको ल्होत्से पनि उनले आरोहण गरेको बताइएको छ। 

ग्याबी र जेनले सन् २०१८ मा सगरमाथा आधारशिविरसम्म पुगेका थिए। त्यसैले उनीहरुलाई सगरमाथाको शिखरसम्म लालायित बनाएको थियो। 

यसअघि सन् २०२० मा उनले १७ वर्षको छँदा सगरमाथा आरोहणको योजना बनाएकी थिइन्। त्यसपछि कोभिडले अवरोध भएपछि अहिले उनको सपना पूरा भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .