भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ।
मूल्य निरनतर बढिरहेपछि भाारतले तत्काल लागू हुने गरी गहुँ निर्यात रोकेको हो।
एक सूचना जारी गर्दै भारतले गहुँलाई प्रतिबन्धित वर्गमा राखेको नवभारत टाइम्सले जनाएको छ। भारत, यसका छिमेकी देश र विकासोन्मुख राष्ट्रहरु खाद्य सुरक्षा खतरा देखिएको भन्दै तत्काललाई गहुँ निर्यात रोकेको बताइएको छ।
पहिले नै अनुमति दिइसकिएका शिपमेन्ट नरोकिने बताइएको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचनामा गहुँको मूल्य ह्वात्तै बढेको र भारत तथा छिमेकी देशमा खाद्य सुरक्षाको खतरा देखिएको बताइएको छ।
गहुँको अन्तर्राष्ट्रिय मूल्य ४० प्रतिशतले बढिरहेको छ। भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो।
बैशाख ३१, २०७९, शनिबार
प्रतिक्रिया