साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ।
केही दिनयता लगातारजसो बढिरहेको नेप्सेमा बिहीबार ब्रेक लागेको हो।
नेप्से आज १८.६४ अंकले र सेन्सिटिभ २.७० अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज २२८ कम्पनी कारोबारमा सामेल भएका थिए। यसअनुसार ५२ लाख २७ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४० हजार पटकको किनबेचसँगै २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको हो।
बिहीबार अन्य, उत्पादनको सूचक बढे पनि बाँकी समूहको सूचक घटेको छ।
योसँगै आज ३४ वटा कम्पनीको सेयर बढेको छ भने १५१ कम्पनीको घटेको र ९ वटाको उही मूल्य कायम छ।
आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन्। त्यसपछि तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ६.२० प्रतिशत, युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.२२ प्रतिशत, शिवम् सिमेन्टका लगानीकर्ताले ५.१७ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ३.९७ प्रतिशत आम्दानी गरेका छन्।
आज सूर्योदय वोमी लघुवित्तका सेयरधनीले धेरै गुमाएका छन्। कम्पनीको सेयर १० प्रतिशतले घटेको हो। त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ७.६३ प्रतिशत, युनियन लाइफ इन्स्योरेन्सको ६.९६ प्रतिशत, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५.८३ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको ५.१३ प्रतिशतले सेयर मूल्य घटेको छ।
सर्वाधिक कारोबार भने आज शिवम् सिमेन्टको भएको छ। कम्पनीको ११ करोडको सेयर किनबेच भएको हो। त्यस्तै राधी जलविद्युत्को ८ करोडको कारोबार भएको छ।
Shares
प्रतिक्रिया