नेपालमा आज सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ।
सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला बुधबार १ लाख २ हजार ३ सय, तेजाबी सुन १ लाख १ हजार ८ सय र चाँदी १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन यिनको मूल्य क्रमशः १ लाख १ हजार ८ सय, १ लाख १ हजार ३ सय र १ हजार २ सय ५५ रुपैयाँ थियो।
39
Shares
प्रतिक्रिया