ad ad

कारोबार


प्रचण्डका घरबेटीसहित १० कम्पनी कालोसूचीमा, ३ वर्ष काम गर्न नपाउने

चिनियाँ कम्पनीमाथि पनि कारबाही
प्रचण्डका घरबेटीसहित १० कम्पनी कालोसूचीमा, ३ वर्ष काम गर्न नपाउने

नेपालखबर
भदौ ८, २०७९ बुधबार ११:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ३ वर्षको लागि कालोसूचीमा परेका छन्। 

प्रधामन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदा प्रसाद अधिकारीको कम्पनीलाई कालोसूचीमा राखेको हो। 

सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ३ वटा सडक निर्माण समयमै नगरेको भन्दै कालोसूचीमा राख्न पठाएको थियो। सडक निर्माणको लागि बारम्बार ताकेता र समयअवधि थप गर्दा पनि काम नगरेपछि शैलुङलाई कालोसूचीमा राखिएको छ। 

निर्देशनालयले भक्तपुर–नगरकोट–सिपाघाट, बालाजु–मड्खु सडक र त्रिशूली÷छहरे–विदुर सडक योजनामा काम नगरेको उल्लेख गर्दै कालोसूचीमा राखिएको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले अर्भाली इन्फापावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि संयुक्त उपक्रमले काम गर्न नसकेका हुन्। 

भारतीय कम्पनी अर्भाली इन्फ्रापावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लिले ३ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद कार्यमा ठेक्का लिन नपाउने भएका छन्। 

‘कालोसूचीमा राखिएको निर्माण व्यवसायीले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने’, जारी सूचनामा उल्लेख छ। 

त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट २२० के.भी प्रसारणलाइन आयोजनामा काम गर्ने चिनियाँ कम्पनी ३ वर्षको लागि कालोसूचीमा परेको छ। चिनियाँ कम्पनी झोङ्डिङ इन्टरनेश्नल इन्जिनियरिङ को.लि कालोसूचीमा छ।

नेपाल विद्युत् प्राधिकरण प्रधान कार्यालय दरबारमार्गमा समयमै काम नगर्ने कम्पनीलाई कालोसूचीमा परेको छ। चाङक्विङ वाङविन इलेक्ट्रिक कर्पोरेसन लिमिटेड ३ वर्षमा कालोसूचीमा राखिएको छ। 

त्यस्तै बलिया कन्स्ट्रक्सन इटहरीको कम्पनी १ वर्ष, जोनसोन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि १ वर्ष, जस्ट इन टाइम कस्ट्रक्सन पोखरा १ वर्ष कालोसूचीमा परेका छन्। 

महालक्ष्मी वायर एन्ड केबल इन्डस्ट्रिज प्रा.लि २ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ। एस्पियल ग्रुप अफ इन्जिनियर्स विराटनगर, सर्जिमेड डिस्ट्रिब्युटर्स धरान र तुम्येहाङ निर्माण सेवा, फिदिमलाई १ वर्ष कालोसूचीमा राखिएको छ। 

जो कारबाहीमा परे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .